चन्द्रप्रकाश नेपाली, घोराही ।
जिल्ला प्रहरी कार्यालय दाङले विभिन्न अपराधमा गरी फरार भएका १७ जनालाई पक्राउ गरेको छ । चालु आर्थिक बर्षको २ महिनामा प्रहरीले विभिन्न मुद्धाको अभियोग लागेका १७ जनालाई पक्राउ गरि कानुनी प्रकृया अनुसार कार्वाही थालेको हो ।
२०६८ साल देखी पछि विभिन्न समयमा अपराध गरी फरार भएका १४ जना पुरुष र ३ जना महिलालाई पक्राउ गरिएको दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेहरुमा कतव्र्य ज्यान मुद्धाका सन्तुराम चौधरी, पुण्यप्रसाद चौधरी, विनोद विक, नरेश बुढाथोकी र सुरेश नेपाली रहेका छन् ।
त्यस्तै जवरजस्ती करणि मुद्धामा शरद शिलवाल, सन्दीप चौधरी र अनिल घर्ती, सार्वजनिक शान्ति विरुद्धको कसुरमा किशोर विक र कृष्ण विकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी, लेनदेन मुद्धामा गिता डाँगी, पूर्णबहादुर भण्डारी, मनिषा पाण्डे धिताल, चेक अनादरमा धनमाया बुढा, चोरीमा विक्रम नेपाली, हरिबहादुर नेपाली र मोटरसाईकल चोरीमा कृष्ण घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई मुद्धा अनुसार अनुसन्धान प्रकृया अघि बढाईएको डिएसपी खड्काले जानकारी दिनुभएको छ ।।