कोरोना भाइरसको परीक्षण नघटाएको स्वास्थ्य मन्त्री ढकालको दावी – Janadesh Daily | ePaper

कोरोना भाइरसको परीक्षण नघटाएको स्वास्थ्य मन्त्री ढकालको दावी


जनादेश संवाददाता

काठमाडौँ। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको परीक्षणमा कमि नगरिएको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालले तयार गरेको सन्देशमुलक सामग्री ग्रहण गर्ने क्रममा मन्त्री ढकालले भने, ‘कतिपयले अनुमान गरे जस्तो परीक्षण नै नगरी संक्रमणको दर घटाएको भन्ने कुरामा सत्यता छैन् ।

अहिले बाहिर विशेष गरी भारतबाट आएर क्वारेन्टिनमा रहनेहरुको संख्या समेत कम हुँदै जाँदा नमूना संकलन नै कम रहेको र संक्रमण दरमा समेत कमि आएको हो ।

उनले समुदायमा संक्रमण छ कि छैन भनेर हेर्नका लागि अहिले उपत्यका सहित देशैभरबाट ४५ हजार बढी नमूना संकलन गरेको र त्यसको नतिजा पछि देशमा कोरोना संक्रमणको अवस्था अझ प्रष्ट हुने बताए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्