जनादेश, काठमाडौं ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित भेटिएका छन् ।
काठमाडौंमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै उपत्यकामा संक्रमितको संख्या १७ हजार २ सय ९० पुगेको छ ।
योसँगै काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन्।