प्रकोप प्रभावितको उद्धारमा जुट्न सरकारलाई आयागको निर्देशन – Janadesh Daily | ePaper

प्रकोप प्रभावितको उद्धारमा जुट्न सरकारलाई आयागको निर्देशन


जनादेश संवाददाता
काठमाण्डौ । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भइरहँदा राष्ट्रिय मानव अधिकार आयोगले पीडितको उद्धारमा जुट्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले प्राकृतिक विपद्को रोकथाममा पूर्व तयारी अपनाउन, पीडितको तत्काल उद्धार तथा स्वास्थ्य उपचारको व्यवस्था मिलाउन र प्रभावकारी राहत वितरण गर्न संघीय सरकारसँगै प्रदेश तथा स्थानीय सरकारलाई निर्देशन दिएको आयोगका सचिव एवम प्रवक्ता बेदप्रसाद भट्टराईले बताउनुभयो ।

विभिन्न जिल्लामा बाढी, पहिरोबाट भएको जनधनको क्षतिप्रति आयोगले दुःख प्रकट गरेको छ । आयोगका सदस्य सुदीप पाठकले गृहसचिव महेश्वर न्यौपानेसँग भेटेर बाढी, पहिरो पीडितको उद्धार, राहत र जोखिम रोकथामका लागि सरकारले गरिरहेको पहलबारे छलफल गर्नुभएको छ ।

छलफलमा गृहसचिव न्यौपानेले विपद् व्यवस्थापन तथा महामारीमा सरकारले संवेदनशील भई कार्य गरिरहेको बताउनुभएको छ । आयोगका प्रदेश तथा प्रदेश शाखा कार्यालयबाट पीडितको अवस्था, उद्धार, राहत वितरण, स्वास्थ्योपचार बसोबास लगायतका विषयमा सूचना संकलन भइरहेको पनि आयोगले जनाएको छ ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्