घुस लिएको अभियोगमा प्रहरी निरीक्षक कार्कीविरुद्ध मुद्दा दायर – Janadesh Daily | ePaper

घुस लिएको अभियोगमा प्रहरी निरीक्षक कार्कीविरुद्ध मुद्दा दायर


जनादेश संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

जबरजस्ती करणीको मुद्दामा सहजीकरण गरिदिने भन्दै कार्कीले घुस मागेको आयोगले जनाएको छ ।प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग कार्कीले रु ५० हजार घुस लिएको आरोप लागेको छ ।

आरोपी कार्कीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्