एजेन्सी ।
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज सनराईजर्स हैदराबाद र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुदैँछ । अबुधाबीस्थित शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ ।
कोलकता दिनेश कार्तीकको कप्तानीमा मैदानमा उत्रिनेछ भने हैदराबाद डेभीड वार्नरको कप्तानीमा रहनेछ । आफनो दोस्रो खेल खेल्न लागेका दुबै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा रहनेछन् । पहिलो खेलमा कोलकत्ता मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । भने हैदराबाद रोयल च्यालेन्जर्स बैंगलोरसँग १० रनले पराजित भएको थियो ।
गत सिजनका दुई भेटमा दुबै टिमले एक एक जित निकालेका थिए । पहिलो भेटमा कोलकत्ताले ६ विकेटको जित निकालेको थियो । तर, दोस्रो भेटमा हैदराबादले ९ विकेटको जित निकालेको थियो ।
हिजो भएको खेलमा चेन्नई सुपर किंग्सलाई ४४ रनले हराउदै दिल्ली क्यापीटल्सले प्रतियोगितामा दोस्रो जित दर्ता गरेको थियो ।