बेलको अस्वभाविक गतिविधि – Janadesh Daily | ePaper

बेलको अस्वभाविक गतिविधि


एजेन्सी । रियल म्याड्रिडका ग्यारेथ बेल पछिल्लो समय मैदानभित्र मैदानबाहिर गर्ने व्यवहारका कारण चर्चामा आउने गरेका छन् । रियलले सोमबार ग्रानडाविरुद्ध खेल्दा प्रशिक्षक जिनेदिन जिदानको पहिलो रोजाईमा नपरेका बेल लगातार दोस्रो खेलमा पूरै समय बेन्चमा बसेर खेल हेर्न बाध्य थिए ।

यसअघि अलाभेसविरुद्ध खेलमा बेन्चमा बस्दा बेलको व्यवहारले सामाजिक संजालमा निकै चर्चा भयो । प्रशिक्षक जिदानले उक्त खेलमा पाँचौ परिवर्तन गरेपछि बेलले मुखमा लगाएको मास्कलाई आँखामा पुर्याएर आफू निदाएको जस्तो गरेका थिए । उक्त व्यवहारका कारण यसैपनि समर्थकमाझ अप्रिय बनेका बेलले थप आलोचना भोग्नुपर्यो ।

सोमबार ग्रानडालाई हराउँदै पनि उनको व्यवहार बच्चाको जस्तो थियो । उनले खेलका दौरान हातलाई क्यामरा जसरी बनाएर खेल हरेका थिए । वेल्सको राष्ट्रिय टोलीका सदस्य रहेका बेलले जुन २४ यता रियलबाट खेलेका छैनन् । उनको यो पछिल्ला गतिविधिले उनको प्रशिक्षकसँग हार्दिकता नरहेको देखिन्छ ।

कोरोनापछि हरेक टोलीले ५ खेलाडी परिवर्तन गर्न पाउने प्रावधान रहेपनि बेलले मौका पाएका छैनन् । प्रशिक्षण टोलीसँग उनको सम्बन्ध राम्रो नरहेको सार्वजनिक रुपमा देख्न सकिन्छ । यद्दपी बेलको अहिलेको सम्झौता यथावत रहँदा उनी सन् २०२२ सम्म रियलमै रहनेछन् ।

ग्रानाडालाई २–१ ले हराएको रियलले दोस्रो स्थानको बार्सिलोनालाई ४ अंकले पछाडि पारेको छ । अर्को खेलमा रियलले जित निकालेको खण्डमा अन्तिम खेल अघि नै रियल ला लिगा च्याम्पियन बन्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्