चेल्सीलाई तेस्रो स्थानमा अग्रता बढाउने मौका – Janadesh Daily | ePaper

चेल्सीलाई तेस्रो स्थानमा अग्रता बढाउने मौका


एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आज राति ३६औं चरणको एक खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्ष चराको दौडमा रहेको चेल्सीले घरेलु मैदानमा रेलिगेसन जोनमा परिसकेको नर्विच सिटीको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार राति १ बजे हुनेछ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सी नर्विचलाई पराजित गर्दै शीर्ष चारको यात्रालाई थप मजवुत बनाउने दाँउमा हुनेछ । अघिल्लो खेलमा सेफिल्ड युनाइटेडसँग पराजित भएपनि शीर्ष चारको दौडमा रहेको लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले पनि आफु अनुकुल नतिजा निकाल्न नसकेपछि चेल्सी तेस्रो स्थानमै यथावत रहन सफल भएको थियो ।

प्रिमियर लिगमा तीन चरणको खेल बाँकी रहँदा त्यसको फाइदा उठाउदै चेल्सी शीर्ष तीनमा थप पकड बनाउने योजनामा हुनेछ । मध्यम प्रदर्शन गरिरहेको चेल्सीका लागि ओलिभर जिरुण्ड, विलियन, मासन माउन्ट, क्रिस्टियन पुलिसिस, जर्गिन्हो, मोटियो कोभासिस जस्ता खेलाडीको साथ रहनेछ ।

यता, रेलिगेसनमा परिसकेको नर्विच प्रतिष्ठाको खेलमा चेल्सीलाई पराजित गर्ने योजना लिएर मैदानमा उत्रनेछ । रेलिगेसनमा परिसकेका कारण नर्विचलाई बाँकी खेलमा केही गुमाउनु छैन । त्यसैले नर्विच चेल्सीविरुद्ध खुल्ला भएर खेल्नेछ ।

लिगको ३५औं चरणको खेल सकिदा चेल्सी ६० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चौथो र पाँचौ स्थानको लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडको समान ५९ अंक रहेपनि गोल अन्तरमा युनाइटेड पाँचौ स्थानमा छ । नर्विच २१ अंक जोडेर पुछारमा छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्