भारतमा एकैदिन करिब ३० हजारसंक्रमित – Janadesh Daily | ePaper

भारतमा एकैदिन करिब ३० हजारसंक्रमित


एजेन्सी

भारतमा एकैदिन कोरोना संक्रमण हुने मानिसको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । वितेको २४ घण्टामा भारतमा हालसम्मकै बढी २९ हजार ८ सय ४२ जनामा संक्रमण भएको छ ।

भारतमा संक्रमितको संख्या ९ लाख ३७ हजार ४ सय ८७ पुगेको छ ।भारत विश्वमा कोरोना संक्रमित हुनेमा देशको तेस्रो स्थानमा छ । उता गएको २४ घण्टामा विश्वभर सबैभन्दा बढी अमेरिकामा ६५ हजार ५ सय ९४ जनामा संक्रमण भएको छ ।

त्यस्तै ब्राजिलमा ४३ हजार २ सय ४५ जना संक्रमित थपिए । हिजो एकै दिन विश्वभर २ लाख १६ हजार ८ सय ६ जना संक्रमित भए ।त्यस्तै पछिल्लो २४ घण्टाका विश्वमा कोरोना संक्रमणबाट ५ हजार ३ सय ४६ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण विश्वभर ५ लाख ८० हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ । २ सय १३ देशमा रहेका कोरोना संक्रमित मध्ये ७८ लाख ४१ हजार बढी निको भैसकेका छन् ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्