जनादेश, काठमाडौं ।
जनता समाजवादी पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकार र समग्र राज्यको अवस्थामाथि व्यङ्ग्य भएको टिप्पणी गरेका छन् ।
नयाँ पत्रिका राष्ट्रिय दैनिकले मंगलबार प्रकाशित गरेको दसैँ होइन, ‘दशा टार्न मुग्लान जानेको ताँती’ शीर्षकको समाचार शेयर गर्दै बाबुरामले ट्वीटरमा यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ” चाडबाडको मुखमा स्वदेश फर्कनु सट्टा मुग्लान पस्न बाध्य हुने युवाहरूको ताँती! देशको यो कुरूप र तीतो धरातलीय यथार्थ! हाम्रो ‘राष्ट्रवाद’माथिको क्रूर ब्यंग्य!हाम्रा विकासका नारा माथिको भद्दा मजाक!जिम्मेवार सबैले मम:भनौं!सामुहिक आत्मालोचना गरौं!नयाँ पुस्ताले अपूरो क्रान्ति पूरा गरोस्!”
चाडबाडको मुखमा स्वदेश फर्कनु सट्टा मुग्लान पस्न बाध्य हुने युवाहरूको ताँती! देशको यो कुरूप र तीतो धरातलीय यथार्थ! हाम्रो ‘राष्ट्रवाद’माथिको क्रूर ब्यंग्य!हाम्रा विकासका नारा माथिको भद्दा मजाक!जिम्मेवार सबैले मम:भनौं!सामुहिक आत्मालोचना गरौं!नयाँ पुस्ताले अपूरो क्रान्ति पूरा गरोस्! https://t.co/FzQZ1xGmtT
— Baburam Bhattarai (@brb1954) September 29, 2020
बाबुराम भट्टराईले दुईतिहाइको सरकारले पनि काम गर्न नसकेको र जन अपेक्षा पूरा गर्न नसकेको भनेर सार्वजनिकरुपमा ओली सरकारको आलोचना गर्दै आएका छन् । उनले प्रधानमन्त्री ओली अहंकार र अल्पज्ञानको पुञ्ज भएको टिप्पणी पनि गर्ने गरेका छन् ।
नेपालमा साजमाजिक सञ्जालमा सर्वाधिक फलोअर भएकाहरु मध्ये बाबुराम भट्टराई अग्र स्थानमा छन् । उनलाई युवा पुस्ताले फलो गर्ने गर्छन् ।
यो पनि हेर्नुस् –
मन्त्रिमण्डल पुनर्गठनमा नेकपा सकसः यस्तो छ भित्री रस्साकस्सी
ओली प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनमा मतभेद, ओलीको प्रस्ताव प्रचण्डले गरे अस्वीकार
नयाँ पत्रिकाले भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको तर दसैँ–तिहार नजिकिँदै गएको भएपनि रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झन्झन् बढिरहेको छ समाचारलाई मंगलबारको प्रमुख समाचार बनाएको छ । रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हुल पाँच गुणा ठूलो रहेको र महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको समचारमा उल्लेख छ।