साउथ चाइना सीलाई लिएर चीनलाई अमेरिकाको अर्को चेतावनी – Janadesh Daily | ePaper

साउथ चाइना सीलाई लिएर चीनलाई अमेरिकाको अर्को चेतावनी


एजेन्सी ।
साउथ चाइना सी अर्थात् दक्षिण चीन सागरको विषयमा चीन र अमेरिकाबीच टकराव बढ्ने संकेत देखिएको छ । साउथ चाइना सीमा चीनको कुनै कानुनी अधिकार नभएको र उसको आक्रामक व्यवहार सैह्य्य नभएको चेतावनी अमेरिकाले दिएको छ ।

चीनले उक्त क्षेत्र आफ्नो नियन्त्रणमा लिन समुद्री सैन्य अड्डाको प्रयोग गरिरहेको अमेरिकाको आरोप छ।

अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले अरू कुनै पनि देशलाई समुद्री सैन्य अड्डामार्फत अनुमति नदिने र यो मामिलामा जबर्जस्ती नगर्ने नीति अमेरिकाको रहेको बताउँदै चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले प्रतिबद्धता पालना नगरेको आरोप लगाएका छन् ।

चीनले दक्षिण चीन समुद्री क्षेत्रमा सैन्य शक्ति बढाइरहेको र यसलाई आफ्नो सार्वभौमसत्ताको रक्षा भनिरहेको भन्दै अमेरिकाले चीनको यस कदमविरुद्ध अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्ने आह्वान गरेको छ । ओर्टागसले चीनको कदमविरुद्ध दक्षिणपूर्व एसियामा आफ्ना सहयोगी मुलुकसँग मिलेर आवाज उठाउने चेतावनी दिएका छन्।

साउथ चाइना सीको विषयलाई लिएर चीन र अमेरिकाबीच लामो समयदेखि विवाद जारी छ ।

यो पनि हेर्नुस्- 

अमेरिकालाई चीनको चेतावनीः अनर्गल प्रचारले सम्बन्ध समाप्त हुन सक्छ

अमेरिकी अदालतले भन्यो- टिकटकमा प्रतिबन्ध अबैधानिक 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्