नागरिक लगानी कोषको २२% बोनस सेयर पारित – Janadesh Daily | ePaper

नागरिक लगानी कोषको २२% बोनस सेयर पारित


नागरिक लगानी कोषको २२% बोनस सेयर पारित

जनादेश संवाददाता

नागरिक लगानी कोषको २५ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाले २२ प्रतिसत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

सभाले बोनस सेयर पछि कायम हुने चुक्ता पुँजीमा १ बराबर ८२.८४ प्रतिशत हकप्रद सेयर दिने प्रस्तावलाई पनि पास गरेको छ । सभालाई सम्बोधन गर्दै कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले कोषको आर्थिक वर्ष २०७५-०७६ को करपछिको खुद नाफा ४६ करोड २३ लाख रुपैयाँ रहेको र उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार ९ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आर्थिक वर्ष २०७५-०७६ मा २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश छुट्टयाइएको बताए ।

सेयर धनीसँगको छलफलमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कार्यलाई प्रभावकारी बनाउन ब्यवस्थापन पक्ष सक्रिय रहेकोमा जोड दिए ।

स्रोतः आजको कारोवार दैनिकबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्