अस्पताल बनाउन स्थानीय तहलाई बजेट निकासा – Janadesh Daily | ePaper

अस्पताल बनाउन स्थानीय तहलाई बजेट निकासा


काठमाडौँ ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल बनाउनका लागि स्थानीय तहलाई बजेट पठाएको छ । अर्थ मन्त्रालयबाट पहिलो चरणमा २६४ स्थानीय तहलाई पाँचदेखि १५ शैय्याको अस्पताल बनाउनका लागि बजेट पठाइसकेको हो ।

ती स्थानीय तहका स्वास्थ संस्थालाई स्तरोन्नति गरी अस्पताल बनाउनका लागि बजेट पठाइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । पाँच शैय्याको अस्पतालका लागि रु ७० लाख, १० शैय्याको लागि रु ८५ लाख र १५ शैय्याको लागि रु एक करोड पठाइसकेको छ ।

मन्त्रालयले पाँच शैय्याका लागि ५२ स्थानीय तह, १० शैय्याका लागि १०५ स्थानीय तह र १५ शैय्याका लागि १०७ स्थानीय तहलाई अस्पताल बनाउनका लागि रकम पठाएको हो । यसरी दुई हजार ९१५ शैय्याका अस्पताल बन्ने छन् । मन्त्रालयले प्रचलित कानून, स्वीकृत मापदण्ड, निर्देशिका र भवन आचारसंहिताअनुसार यही कात्र्तिक मसान्तसम्म निर्माण कार्य प्रारम्भ गर्न समेत निर्देशक दिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच शैय्याका दरले अस्पताल बनाउन बजेट पठाइसकेको छ । कोरोना भाइरस (कोभिड—१९)को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले अस्पताल नभएका स्थानीय तहलाई पाँच शैय्याको अस्पताल बनाउन निर्देशन दिएको थियो । पाँच शैय्याका दरले ति स्थानीय तहमा तीन हजार २४५ शैय्याका अस्पताल बन्नेछन् । अस्पताल निर्माणका लागि प्रतिशैय्या रु दुई लाखका दरले बजेट विनियोजन गरी पठाइसकेको छ । ती अस्पतालमा एक जना चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी हुनेछन् । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्