बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्तीबलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती – Janadesh Daily | ePaper

बलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्तीबलात्कारको धम्की दिनेविरुद्ध छानबिन होस् : रिहा चक्रवर्ती


सामाजिक सञ्जालमा अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्याको दोष लगाएकोबारे रिहा चक्रवर्तीले प्रतिक्रिया दिएकी छिन् । बलात्कारको धम्की दिनेविरुद्ध अभिनेत्री चक्रवर्तीले साइबर कानुनमा प्रमाणसहित कारबाहीको माग गरेकी छिन् ।

इन्स्टाग्राममा उनले लेखेकी छिन्, ‘मलाई सम्पत्तिमा आँखा लगाएको भनियो म चुप बसें । मलाई हत्यारा भनियो, म चुप बसें । चरित्रहिन देखाइयो । म चुप बसें । तर मेरो मौनताले तिमीलाई कसरी अधिकार दिन्छ– मेरो बलात्कार हुन्छ र आत्महत्या हुन्छ ? यदि मैले आत्महत्या गरिनँ भने ?’

उनले आफूलाई बलात्कारको धम्की दिने व्यक्तिको म्यासेज स्किनसट गरेर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् । उनले उक्त म्यासेज पठाउने व्यक्तिलाई लक्षित गर्दै थप लेखेकी छन्, ‘के तिमीले आफूले बोलेको कुरा गम्भीर भएर सोचेकी छौ । यी त अपराध हुन् ।’

मंगलबार मात्रै सुशान्तबारे उनले लामो भावुक स्टाटस लेखेकी थिइन् । ‘म यो पीडाबाट बाहिर निस्कन सकेको छैन । त्यो घटनाले स्तब्ध छु । तिमीले नै गर्दा प्रेम र प्रेमको शक्तिप्रति मैले विश्वास गरेको हुँ,’ उनले लेखेकी छन् ।

उनले ट्वीटरमा गृहमन्त्रीलाई मेन्सन गर्दै कारबाहीको माग गरेकी छिन् । ‘म सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्ती हुँ । सुशान्तको अकस्मात मृत्यु भएको एक महिना भइसक्यो । मलाई सरकारमाथि पूरा विश्वास छ । यस घटनाको सीबीआई छानबिनका लागि आग्रह गर्छु ।’

उनले सुशान्तलाई कस्तो खालको दबाब र के कुराले आत्महत्या गरेको जान्न चाहेको कुरा उल्लेख गरेकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्