काठमाडौ ।
काठमाडौ उपत्यकामा कोरोना भाइरस नियन्त्रण भन्दा बाहिर गएको विज्ञहरुले बताएका छन् ।
सरकारले समयमै कोरोना नियन्त्रणका लागि सावधानिका उपायहरु नअपनाउँदा संक्रमण चौथो स्तरमा पुगेको उनीहरुको बुझाई छ ।
नेपालमा सोमबार ४ हजार ४७ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा कोरोनाले काठमाडौं उपत्यकाका ८ जनाको मृत्यु भएको छ भने १४ सय १६ जनामा संक्रमण देखिएको छ।
काठमाडौंका १८ सय ८८, ललितपुर २ सय ७७ र भक्तपुरका १ सय १८ जनामा संक्रमण देखिएको छ ।
काठमाडौंमा अवस्था भयावह हुन लागेको आँकलन गर्दै सरकारले सबै सरकारी अस्पतालहरुलाई कोरोना अस्पतालमा रुपान्तरण गरिएको घोषणा गरेको छ भने अस्पतालहरुलाई आकश्मिकवहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको छ ।
नेपालको पछिल्लो तथ्याङ्क अनुसार संक्रमितको संख्यामा विश्वमा ३८ औं र एसियाको १२ औं सबैभन्दा प्रभावित मुलुकमा परेको छ ।
सार्क मुलुकको तथ्याङ्क हेर्दा भारतमा सबैभन्दा धेरै ७१ लाख २२ हजार ८ सय भन्दा धेरै संक्रमित भएका छन् भने १ लाख ९ हजार २ सय भन्दा धेरैको मृत्यु भएको छ । सार्कमा भारतपछि संक्रमित हुने संख्या पाकिस्तानमा ३ लाख १९ हजार ३ सय धेरै छ भने बङ्गलादेशमा ३ लाख ७९ हजार ७ सय भन्दा बढी संक्रमित छन् ।
त्यसपछि नेपालमा सबैभन्दा बढी संक्रमित छन् । नेपालमा कुल संक्रमितको संख्या १ लाख ११ हजार १ सय ५७ पुगेको छ ।
हालसम्म जम्मा १४ हजार ५ सय ३० गरि ११ लाख ९१ हजार५ सय १४ पिसिआर टेष्ट भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ८ सय ८० मात्र रहेको मन्त्रालय