नेपालमा पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । – Janadesh Daily | ePaper

नेपालमा पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।


१३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा जानकारी दिइएको हो । यही अवधिमा काठमाडौं उपत्यकामा थप १४ सय ३ जना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा ९ सय ९६, भक्तपुरमा १ सय २ र ललितपुर जिल्लामा ३ सय ५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । दशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ ।

सक्रिय संक्रमित मध्ये १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २१ हजार ५४८ जना होम आइसोलेसनमा छन् । त्यसैगरी संक्रमितमध्ये तीन सय पाँचजना आइसियूमा र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै गत चौबीस घण्टामा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ७५ पुगेको छ । देशमा कुल संक्रमितमध्ये ६८ दशमलव ६ प्रतिशत निको भएको मन्त्रालयको भनाई छ ।

आज कोरोना भाइरस संक्रमण निको भई २१ सय ७४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९ सय ५४ रहेको छ ।

यस्तै आज सम्म २ लाख २१ हजार ३८ नमूनाको पिसिआर परीक्षण भएका मन्त्रालयले जनाएको छ ।।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्