नयाँ तीन मन्त्रीको शपथ शितलनिवासमा आज – Janadesh Daily | ePaper

नयाँ तीन मन्त्रीको शपथ शितलनिवासमा आज


जनादेश, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नियुक्त गरेका नवनियुक्त मन्त्रीहरुको शपथ आज (बिहीबार) हुँदैछ ।

नयाँ तीनजना मन्त्रीको शपथ राष्ट्रपति कार्यालय शितलनिवासमा बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । शपथ ग्रहणका लागि तयारी चलिरहेको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छिन् ।

बुधबार प्रधानमन्त्री ओलीले नेकपा महासचिव समेत विष्णु पौडेललाई अर्थमन्त्री बनाएका थिए भने शहरी विकास मन्त्री नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा सामाजिक विकास मन्त्रीमा नियुक्त गरिएको छ।

महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मन्त्रिपरिषद् पुनर्गठनले नेकपाभित्र भने अर्को किचलोको संकेत गरेको छ ।

यो पनि हेर्नुस्- 

बदलिएन ओलीको शैली, मन्त्री हेरफेरले नेकपामा फेरि तनावको संकेत

रक्षा मन्त्रालय खोसेर प्रधानमन्त्री कार्यालयमाः ईश्वर पोखरेलको बढुवा कि घटुवा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्