स्टोक्स र सिब्लेको शतक – Janadesh Daily | ePaper

स्टोक्स र सिब्लेको शतक


एजेन्सी स्टार अलराउन्डर बेन स्टोक्स र ओपनर डोम सिब्लेले दोस्रो टेष्ट खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका छन् ।

दोस्रो दिनको पहिलो सेसनमा सिब्ले र भोजनपछि स्टोक्सले शतक पूरा गर्दै पहिलो इनिङमा बलियो अवस्थामा पुर्याएका छन् । इंग्ल्यान्डले १ सय ११ ओभरमा २ सय ७३ रन जोड्न ३ विकेट गुमाएको छ ।

स्टोक्स २ सय ५८ बलमा १० चौका र १ छक्का सहित १ सय ३ रनमा खेलि रहेका छन् । स्टोक्सले २ सय ५५ बलमा आफ्नो टेष्ट करिअरको दशौं शतक पूरा गरे । रोस्टन चेशलाई रिभर्स स्विप सटमा चौका प्रहार गर्दै स्टोक्सले शतक पूरा गरेका थिए । सिब्ले ३ सय २९ बलमा ४ चौका सहित १ सय ६ रनमा खेलि रहेका छन् ।

सिब्लेले ३ सय १२ बलमा आफ्नो दोस्रो टेष्ट शतक पूरा गरेका थिए । जुन सन् २००० मा माइकल एथर्टन पछि इंग्ल्यान्डका ब्याट्सम्यानले बनाएको सबैभन्दा ढिला शतक पर्दछ । सिब्ले कोरोनापछि अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बने । चौथो विकेटका लागि सिब्ले र स्टोक्सले ४ सय ८० बलमा १ सय ९२ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफलतर्फ अघि बढाएका छन् ।

त्यसअघि पहिलो दिन स्पिनर रोस्टन चेशले ओपनर रोरी बन्र्सलाई १४ औं ओभरको दोस्रो बलमा १५ रनमा एलबिडब्लू आउट गरेका थिए । रोरीले ३५ बलमा १ चौका प्रहार गरे । लगत्तै अर्को बलमा युवा ब्याट्सम्यान ज्याक क्रलीलाई कप्तान जेसन होल्डरबाट क्याच गराउँनै गोल्डेन डग आउट पेभिलिएन फर्काए ।

कप्तान रुटले ह्याट्रिक बलको सामना गरेका थिए । रुटलाई अल्जारी जोसेफले दोस्रो सिलिपमा होल्डरबाट २३ रनमा क्याच आउट गराउँदै दबाब बढाएका थिए । रुटले ४९ बलमा २ चौका प्रहार गरे । जोसेफले पछिल्ला पाँच टेष्ट इनिङ मध्य रुटलाई चार पटक आउट गरेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्