स्वर्गद्वारी ट्याक्टर दुर्घटना : सात मजदुरको घटनास्थलमै मृत्यु (नामावलीसहित) – Janadesh Daily | ePaper

स्वर्गद्वारी ट्याक्टर दुर्घटना : सात मजदुरको घटनास्थलमै मृत्यु (नामावलीसहित)


जनादेश, प्यूठान।

प्यूठानको स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा भएको ट्याक्टर दुर्घटनामा परी सात जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका ५ का ६ जना र त्रिवेणी गाउँपालिकाका एक जना रहेको प्रहरीले जनाएको छ । त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ का कमल कुँवरसहित, रुम्टगढी गाउँपालिका ५ का वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत, वर्ष २५ का कबिराम बस्नेत, वर्ष १९ का बिरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर र उमेर नखुलेका गोर्बधन बुढामर रहेका छन् । ट्याक्टरमा चालकसहित आठ मजदुर सवार थिए। जसमध्ये ट्र्याक्टरबाट हाम फालेर बाच्न सफल भएका विशाल थापाको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भइरहेको छ।

शनिबार राती स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु२च ४२३४ नम्बरको ट्र्याक्टर रुमालेमा दुर्घटना भएको थियो । ट्र्याक्टर सवार सबै ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत भिंगृ– स्वर्गद्वारी सडकको काममा खटिदै आएको खुलेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्