सत्तारुढ नेकपाको स्थायी समितिको बैठक फेरी स्थगित – Janadesh Daily | ePaper

सत्तारुढ नेकपाको स्थायी समितिको बैठक फेरी स्थगित


अर्को बैठक मंगलबार विहान ११ बजे बस्ने

जनादेश, काठमाण्डौ ।

सत्तारुढ नेकपाको स्थायी समितिको बैठक फेरी स्थगित भएकोछ ।

सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटीको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ ।

नेकपाको केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर बैठक पर्सि बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

आज दिउँसो तीन बजेका लागि बोलाइएको बैठक एक्कासी स्थगित गरिएको हो ।
यसअघि साउन २ गते बोलाइएको बैठक पनि आजका लागि सारिएको थियो ।

नेकपाको स्थायी कमिटी बैठक स्थगित भएको यो सातौं पटक हो ।

अस्तीको सचिवालय बैठकमा मंसीरमा महाधिवेशन गर्ने प्रस्ताव आएपछि नेकपामा जारी विवाद नयाँ मोडमा पुगेको हो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्