जग्गा कित्ताकाटबारे सरकारको निर्णय गैरकानूनी रहेको सर्वोच्चको ठहर – Janadesh Daily | ePaper

जग्गा कित्ताकाटबारे सरकारको निर्णय गैरकानूनी रहेको सर्वोच्चको ठहर


जनादेश काठमाण्डौ ।

Contempt of Court In Nepal | New Spotlight Magazine

सर्वोच्च अदालतले सरकारले जग्गाको कित्ताकाट गर्ने निर्णय गैरकानूनी भएको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश मनोज शर्माको इजलासले सरकारले यसअघि जग्गाको कित्ताकाट गर्ने निर्णय गैरकानूनी भएको फैसला सुनाएको हो ।

सर्वोच्चले सरकारको निर्णय विरुद्ध दायर भएको रिट जारी हुने फैसला सुनाएको हो। अधिवक्ता सन्तोष भण्डारीले २०७७ भदौ २८ गते खेतीयोग्य जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७३ सालमा कृषियोग्य जमिन प्लटिङ हुने क्रम बढेको र जग्गाको खण्डीकरण अत्यधिक भएको भन्दै एउटा कित्ता जग्गा एक आर्थिक वर्षमा एक पटक मात्र टुक्र्याउन पाइने निर्णय गरेको थियो ।

निर्णय उल्टाउदै सरकारले कित्ताकाट गर्ने निर्णय गरेसँगै सर्वोच्चमा रिट दायर भएको थियो । रिटमाथी सुनुवाइ गर्दै सर्वोच्चले पुरानै निर्णयलाइ सदर गरेको हो । फैसलाको पूर्णपाठ भने बुधबार मात्र सार्वजनिक हुने सर्वोच्चले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्