सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दामा वृद्धि – Janadesh Daily | ePaper

सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दामा वृद्धि


Part-time judge who used 'sexist and profane' language should be ...

गाईघाट, (रासस)ः

दयपुर जिल्लामा बर्सेनी सम्बन्ध विच्छेद र जबर्जस्ती करणीका मुद्दा बढ्दै गएको छ । आर्थिक वर्ष २०७६/७७ को असार मसान्त सम्ममा जिल्लामा दुई सय १८ मुद्दा सम्बन्ध विच्छेद सम्बन्धी रहेको जिल्ला अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताउनुभयो ।

यस्तै सोही आवमा ८३ वटा मुद्दा जबर्जस्ती करणी सम्बन्धी रहेका छन् । तीन वर्षदेखि निरन्तर रुपमा सबैभन्दा बढी अदालतमा सम्बन्ध विच्छेद र त्यसपछि जबर्जस्ती करणीका मुद्दा वृद्धि हुँदै गएको अदालतले जनाएको छ ।

जिल्ला अदालतले हालै न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक कार्यक्रमअन्तर्गत कार्य सम्पादन समीक्षा सार्वजानिक कार्यक्रममा सो जानकारी दिइएको हो ।

लागुऔषध सम्बन्धीका मुद्दाहरु पनि बढ्दै गएको छ । जिल्ला न्यायाधीश दीपक खनालका अनुसार यस्ता घटनामा वृद्धि हुनुमा समाजमा संस्कार चेतना र कानूनी ज्ञानको अभाव रहेको छ ।

जिल्ला न्यायाधीश तीर्थ केसी भन्नुहुन्छ, “गरिबी, चेतनाको अभाव कतिपय सामाजिक संस्कार र कुरीतिका कारण बर्सेनी यस्ता घटनाहरु बढ्नाका मुख्य कारण हुन् ।” आव ०७६/७७ मा जिल्ला अदालतले झण्डै ६४ प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो ।

अदालतले एक वर्षभित्र ६ सय ५९ वटा अर्थात् ५७ प्रतिशत मुद्दाहरु किनारा लगाएको छ ।

न्याय सम्पादनलाई छिटो र सरल तरिकाले निरुपण गर्न, प्रशासनिक तथा कार्य सम्पादन सुधारमा अदालतले उच्च प्राथमिकता दिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्