चन्द समूहले गलत नीति त्यागोस् : भट्टराई – Janadesh Daily | ePaper

चन्द समूहले गलत नीति त्यागोस् : भट्टराई


काठमाडौँ ।

जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा। बाबुराम भट्टराईले ‘चन्द समूहले गलत नीति त्यागेर राज्यसँग सार्थक वार्ता गर्नुपर्ने बताएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङको मिक्लाजुङ गाउँपालिकाका–१ स्थित सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको घटनाप्रति सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले व्यक्ति हत्यामा उत्रिएर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार साँझ ट्वीट गर्दै भट्टराईले लेखेका छन् ‘व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पु‍र्याइरहेछ,’ भट्टराईले लेखेका छन्, ‘चन्द समूहले गलत नीति त्यागोस् राज्यले सार्थक वार्ता गरोस् ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्