जनादेश सोसलमिडिया वाच ।
चर्चित हास्यकलाकार मनोज गजुरेलले पूर्वपत्नी ढकालले आफूविरुद्ध अनर्गल प्रचार गरिरहेको भन्दै कानूनी उपचारमा जाने संकेत गरेका छन् ।
सम्बन्ध विच्छेद भएको लामो समय वितिसक्दा पनि विभिन्न माध्यमबाट गालीबेइज्जती गर्ने क्रम नरोकिएकाले कानुनी कदम चाल्न बाध्य भएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमा गरेका छन् ।
विभिन्न माध्यमबाट आउने गाली बेइज्जती र अनावश्यक तनावको शृंखला बढ्दै गएकाले त्यसले परिवारसमेतलाई असर पारेको उनले कानुनी कदम चाल्नु परेको मनोजले उल्लेख गरेका छन् ।
‘सामाजिक सञ्जालमा अर्को पक्षबाट बारम्बार ममाथि हुने अनावश्यक टीकाटिप्पणी, युट्युबमा उनीहरुको फोटोको दुरुपयोगले मेरा सन्तानको पढाइ र जीवनमा आघात परिरहेको छ। अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु।‚’ कानुनी उपचारको बाटो उपनाउने बताउँदै उनले लेखेका छन्।
प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु ! सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो…
Posted by Manoj Gajurel on Monday, 14 December 2020
गजुरेलले केही समय अघि मात्र आफूले यही वर्षभित्र दोश्रो विवाह गर्ने तयारीमा रहेको खुलासा गरेका थिए ।
तीन वर्षअघि मीना ढकालसँग गजुरेलको सम्बन्धविच्छेद भएको थियो। गजुरेलले विवाह गर्ने तयारी गरेपछि मीनाले मनोजविरुद्ध विभिन्न आक्षेपसहितका गालीसहितका टिप्पणी सार्वजनिक गरिरहेकी छिन् ।