जनादेश, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेपछि सिर्जना भएको पार्टी आन्तिरिक राजनीतिक वातावणलाई अझैँ पनि अविश्वसनिय रहेको भावमा नेता भीम रावलले एक ट्वीटमार्फत सार्वजनिक गरेका छन् । उनले गरेको ट्वीटको आशय हुन सकेछ भने सहमतिमा अगाडि बढ्ने र सोचे अनुसार भएन भने विधिमार्फत समाधान खोज्नु पर्ने रहेको छ ।
‘बिहान प्रम केपी ओली जी, प्रचण्डजीसँग कुरा गर्न खुमलटार जानुभएछ। वामदेवजीको उपस्थितिमा मिलौं भन्नुभएछ। हामीले खुमलटारमा प्रचण्डजीसँग भेट्दा बुर्ल्लुक उफ्रिँदै पुच्छर भए भन्नेहरू अब त चुप लाग्छन् कि ? ’, ट्वीटमा उनले लेखेका छन् ।
नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो कुरो हो भन्दै त्यसो हुन नसके विधिबाट समाधान खोजिनुपर्छ भन्ने उनको जोड रहेको छ ।
बिहान प्रमं केपि ओलीजी,प्रचण्डजीसंग कुरा गर्न खुमलटार जानुभएछ।वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ।हामीले खुमलटारमा प्रचण्डजीसंग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि?
नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो।सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।— Bhim Rawal, PhD (@BhimRawal179) December 19, 2020