अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ भन्दा बढीको मृत्यु – Janadesh Daily | ePaper

अफगानिस्तानमा १२ सुरक्षाकर्मीसहित २४ भन्दा बढीको मृत्यु


(रासस/सिन्ह्वा) ः

अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा भएको कारबाहीमा परी दुई दर्जनभन्दा बढीको मृत्यु भएको छ । त्यसमा परी तालिबानका लडाकूका साथै १२ जना सुरक्षाकर्मी पनि मारिएको समाचारमा जनाइएको छ ।

सोमबार सो कारबाही भएको यहाँका उपप्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् । उनकाअनुसार सो प्रान्तको क्वाजाक क्षेत्रमा रहेको एक सुरक्षा चौकीमा ठूलो संख्याका तालिबानीहरुले सोमबार बिहान आक्रमण गरेका थिए ।

उक्त आक्रमणपछि भएको दुवै पक्षको दोहोरो गोली हानाहानमा परी १२ जना सुरक्षाकर्मी मारिएका र अरु १० जना नराम्ररी घाइते पनि भएका छन् । त्यसैगरी सो कारबाहीका क्रममा एक दर्जनभन्दा बढी तालिबान लडाकू मारिएका हुन् । सोही प्रान्तमा तीन दिनअघि मात्र अफगान सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा २५ जनाको मृत्यु भएको बताइएको थियो ।

मृत्यु भएकाहरुमा सबैजना तालिबान लडाकूहरु रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । टोलो न्युजले सम्प्रेषण गरेको समाचारमा पनि उत्तरी कुन्दुज प्रान्तको क्वाजमा तालिबानहरुले सुरक्षा चौकीमा आक्रमण गरेपछि अफगान सेना र प्रहरीको संयुक्त समूहले त्यसको प्रतिकार गरेको थियो ।

समाचारमा एक दर्जनभन्दा बढी तालिबान मारिएको बताइएको छ तर यसको यथार्थ तथ्यांक भने दिइएको छैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्