कम्युनिस्ट आन्दोलन समाप्त गरेकोमा बधाई छ विद्या र केपी ओलीलाई : नेत्री झाँक्री – Janadesh Daily | ePaper

कम्युनिस्ट आन्दोलन समाप्त गरेकोमा बधाई छ विद्या र केपी ओलीलाई : नेत्री झाँक्री


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीकी नेत्री रामकुमारी झाँक्रीले कम्युनिस्ट आन्दोलन समाप्त पार्न सफल भएको बताउँदै प्रधानमन्त्री केपी शमा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीलाई बधाई दिएकी छन् । संसद विघटन भएसँगै उनले सामाजिक सन्जालमा आक्रोश पोख्दै सो अभिव्यक्ति जनाएकी छन् ।

जनताले लडेर ल्याएको व्यवस्थामा बाघको छालामा स्यालको रजाईं भएको बताउँदै यो भन्दा मर्माहत क्षण अरू हुन नसक्ने झाँक्रीले बताएकी छन् ।

‘यो भन्दा मर्माहत हुने क्षण अरू के हुनसक्छ? हामीले लडेर ल्याएको ब्यवस्थामा बागको छालामा स्यालको रजाई गरेका थिए यिनीहरूले’, उनले लेखेकी छन् ‘वधाई छ विधा र केपी ओलीलाई।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्