आज देश भरमा थपिए १८६ जना कोरोना संक्रमित, १७३ जना डिस्चार्ज – Janadesh Daily | ePaper

आज देश भरमा थपिए १८६ जना कोरोना संक्रमित, १७३ जना डिस्चार्ज


जनादेश,काठमाडौँ ।

पछिल्लो चौविस घण्टामा देशभर थप १८६ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखिएको छ ।  देशभरका  प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १८६ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ। आज सात वटा जिल्लामा कोरोनाको एक्टिभ संक्रमण सुन्य देखिएको छ । ५ सय बढी एक्टीभ संक्रमण भएको जिल्लाहरु तीन वटा भएको बताउँदै प्रवक्ता डा गौतमले भने, ‘ती जिल्लाहरु रौतहट, कैलाली र बाजुरा रहेका छन् ।’

पछिल्लो २४ घण्टामा थप १७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ११ हजार ८६८ पुगेको छ ।

देशभरका बिभिन्न क्वारेनटिनमा २२ हजार २२८ जना रहेका छन् ।

त्यसैगरी देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्