जनादेश वाच ।
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन गरी प्रतिगमन थालेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध मुख्य तीन राजनीतिक धारले लड्नु पर्ने बताएका छन् ।
बाबुरामकै शब्दमा ‘ओलीको प्रतिक्रान्तिविरुद्ध’ लड्ने मूल दायित्व तीन राजनीतिक धारको हो ।
देशमा विभिन्न मितिमिा राजनीतिक परिवर्तन ल्याउन तीन पटक मुख्य आन्दोलन भएको र त्यसको नेतृत्व पनि तीन फरक समूहले गरेका कारण अहिलेका लागि उनीहरु एकवद्ध हुनुपर्ने बताएका हुन् ।
डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नेपालमा ठोस उपलब्धी सहितका तीन क्रान्तिकारी आन्दोलनहरू यी हुन्- १. कांग्रेस नेतृत्वको २००७ सालको क्रान्ति, जसले उदार लोकतन्त्र ल्यायो, २. माओवादी जनयुद्ध जसले गणतन्त्र ल्यायो, ३. मधेस विद्रोह जसले संघीयता ल्यायो। अत: तीन धारको काँधमा ओली प्रतिक्रान्तिविरूद्ध लड्ने मूल दायित्व छ है !’
डा. भटट्टराईले अहिलेको अवस्थामा चुनाव जितेर लाभ लिने भ्रम नपाल्न कांग्रेस लगायतका दलहरुलाई सचेत गराएका छन् ।
नेपालमा ठोस उपलब्धी सहितका तीन क्रान्तिकारी आन्दोलनहरू यी हुन्: १.कांग्रेस नेतृत्वको २००७ सालको क्रान्ति,जसले उदार लोकतन्त्र ल्यायो; २.माओवादी जनयुद्ध जसले गणतन्त्र ल्यायो; ३.मधेस विद्रोह जसले संघीयता ल्यायो।अत:यी तीन धारको काॅधमा ओली प्रतिक्रान्ति विरूद्ध लड्ने मूल दायित्व छ है!
— Baburam Bhattarai (@brb1954) December 24, 2020
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केही नेताले चुनावमा भाग लिएर ठूलो दल बनाउने सपना देखेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले असंबैधानिकरुपमा गरिएको संसद विघटनपपछि हुने चुनावमा जित्ने अपेक्षासहित असंबैधनिक कदमको विरोध नगर्नु गलत भएको बताएका हुन् ।