सर्वोच्चद्वारा प्रम ओलीको संसद विघटन गर्ने निर्णयमा कारण देखाऊ आदेश जारी – Janadesh Daily | ePaper

सर्वोच्चद्वारा प्रम ओलीको संसद विघटन गर्ने निर्णयमा कारण देखाऊ आदेश जारी


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको संवैधानिक इजालाशले कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, तेजबहादुर केसी र अनिलकुमार सिन्हाको इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेसँगै ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसको लगत्तै सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्ध १३ वटा रिट दायर भएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्