बागमती प्रदेशका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा – Janadesh Daily | ePaper

बागमती प्रदेशका तीन मन्त्रीद्वारा सामूहिक राजीनामा


जनादेश, हेटौंडा ।

बागमती प्रदेशका तीन मन्त्रीले आज सामूहिक राजीनामा दिएका छन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा दर्ता गरेसँगै दाहाल–नेपाल खेमाका तीन जना मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले सामूहिक राजीनामा दिएका हुन् । प्रदेश सरकार अलोकप्रिय भइरहेकाले यस्तो अवस्थामा जनचाहना अनुसार काम गर्न नसकेको बताउँदै उनीहरुले राजिनामा दिएका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्