शैक्षिक गुणस्तर बृद्धिमा सुचना प्रविधिको प्रयोग अनिवार्यः कार्यकारी निर्देशक डा. गिरी – Janadesh Daily | ePaper

शैक्षिक गुणस्तर बृद्धिमा सुचना प्रविधिको प्रयोग अनिवार्यः कार्यकारी निर्देशक डा. गिरी


जनादेश, दाड. ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले शिक्षण सिकाई प्रक्रियामा सुचना प्रविधिको प्रयोग, विद्युतीय शिक्षण सिकाईका लागी सूचना प्रविधिको अनिवार्य भएको बताउँनु भएकोछ ।

व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजना– दोस्रो (EVENT -II)को सहयोगमा राप्ती इञ्जिनियरिङ कलेज घोराही, दाड.मा आयोजित शैक्षिक गुणस्तर बृद्धिमा सुचना प्रविधिको प्रयोग विषयक एक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीले सो कुरा बताउँनु भएको हो । उक्त कार्यक्रमका अतिथि ई. पवन अधिकारीले आईसिटी कार्यक्षेत्र र यसको प्रयोगबाट आर्जन गर्न सकिने सिकाई पद्धतीको बारेमा बताउनु भयो ।

राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल श्री रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता कलेज व्यवस्थापन समिति अध्यक्ष एंव प्रबन्ध निर्देशक भीमसेन गिरीले गर्नु भएको थियो साथै कार्यक्रमको सहजीकरण प्रशिक्षक ई. माधव अधिकारीले गर्नुभएको थियो । उक्त कार्यक्रममा कलेजमा कार्यरत शिक्षत तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्