बाबुरामको ह्याश ट्यागः ओली हटाउँ देश बचाउँ – Janadesh Daily | ePaper

बाबुरामको ह्याश ट्यागः ओली हटाउँ देश बचाउँ


जनादेश, काठमाडौं ।

सरकारले कृषि क्षेत्रमा पनि विदेशीले लगानी गर्न पाउने निर्णय गरेकोप्रति पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन–२०७५ मा कृषिमा विदेशी लगानी निषेध गर्ने व्यवस्था भए पनि मन्त्रिपरिषद्ले सर्त राखेर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) खुला गर्ने निर्णय गरेपछि बाबुरामले आपत्ति जनाएका हुन् ।

ह्याश ट्याग #ओलीहटाऊॅदेशबचाऊँसहित बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “छापामार शैलीमा ओली सरकारले कृषिक्षेत्रमा विदेशी लगानी खुलागर्ने जुन निर्णय गरेको छ त्यो सबै हिसाबले गलत,जनघाती,राष्ट्रघाती छ।यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछ;किसान वेदखल हुनेछन्;खाद्यसुरक्षा धरापमा पर्नेछ;अर्थतन्त्र अरू परनिर्भर हुनेछ।सबैले प्रतिरोध गरौं।”

परम्परागत प्रणालीबाट कृषिकर्म गरिरहेका किसान र उद्यमीले विदेशी लगानीकर्ताले पनि आफूहरूलाई विस्थापित गरिदिने चिन्ता व्यक्त गरेका छन् । विदेशी लगानीको साटो यहाँका किसान तथा उद्यमीलाई नै क्षमतावान् बनाउनुपर्ने धारणा उनीहरूको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्