सहकारीका कर्मचारीमाथि खुकुरी प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ – Janadesh Daily | ePaper

सहकारीका कर्मचारीमाथि खुकुरी प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ


जनादेश, काठमाडौं ।

सहकारीका कर्मचारीमाथि खुकुरी प्रहार गरी लुटपाट गर्ने गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरलाई खुकुरी प्रहार गरी लुटपाट गरेका थिए । सो गिरोहले १५ पुसमा गजमेरले बजारबाट संकलन गरेर बोकेको एक लाख ६६ हजार ९ सय १५ रुपैयाँ लुटपाट गरेको थियो ।

उनीहरुको साथबाट लुटिएको नगद, सहकारीका कागज पत्र, झोला र पीडितलाई प्रहार गरिएको खुकुरीसहित चोरीका ४ स्कुटर र एउटा मोटरसाइकलसमेत बरामद गरिएको छ ।

थप अनुसन्धानका लागि उनीहरुलाई महानगरीय प्रहरी वृत्त, गौशाला पठाइएको प्रहरीले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्