राजनीतिमा आउँदै मनीषा कोइराला, अभियानको घोषणा गर्ने तयारी – Janadesh Daily | ePaper

राजनीतिमा आउँदै मनीषा कोइराला, अभियानको घोषणा गर्ने तयारी


जनादेश, काठमाडौं ।

कुनै बेला बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाले अब नेपाली राजनीतिमा सक्रिय हुने संकेत गरेकी छिन् । राजसंस्थासहितको हिन्दू राष्ट्रको माग राख्दै भइरहेको प्रदर्शनमा समेत साथ दिन आग्रह गर्दै आएकी कोइरालाले मंगलबार एउटा अभियानको घोषणा गर्ने तयारी गरेको छ ।

कार्यक्रममा उपस्थित हुन उनले फेसबुक र ट्वीटरबाट सबैलाई आग्रह गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रहसहितको विज्ञप्तिमा नायिका मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेत लगायतले हस्ताक्षर गरेका छन् ।

मनिषा आफैंले पनि ट्विट गर्दै पत्रकार सम्मेलनमा उपस्थित हुन आग्रह गरेकी छिन्। ‘आउनुहोस्, राष्ट्रिय अस्मिता, स्वतन्त्रता र नेपाली पहिचानका लागि कृतज्ञता एवं श्रद्धाञ्जली अर्पण गरौं पृथ्वीनारायण शाहप्रति,’ उनले ट्विटरमा लेखेकी छिन्।

 

अभिनेत्री कोइरालाको एउटा समूहले पुस २७ गते ‘पृथ्वी जयन्ती’ मनाउने तयारी पनि गरिरहेको बुझिएको छ।

 

कोइराला निकट स्रोतका अनुसार उनी पछिल्लो केही दिनयता विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, लेखक, पत्रकारसँग ‘परामर्श’मा छिन ।

मनीषाले लामो समयदेखि राष्ट्रियताको पक्षमा वकालत गर्दै आएकी छिन् । कोइराला परिवारकी भएका कारण मनीषालाई राजनीतिमा आउने रहर जागेको हुन सक्ने अनुमान गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्