कोरोनाविरुद्धको खोप सुरुवाती चरणमा प्रभावकारी : डब्ल्यूएचओ – Janadesh Daily | ePaper

कोरोनाविरुद्धको खोप सुरुवाती चरणमा प्रभावकारी : डब्ल्यूएचओ


एजेन्सी ।

कोरोना भाइरसविरूद्धको खोप निर्माणमा बेलायतले सफल परीक्षण गरेको छ ।

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले मानवमा गरेको परीक्षण सफल भएको हो । उक्त खोपले कोरोना भाइरसविरुद्ध लड्ने प्रतिरोधक क्षमता बढाउने सहयोग गर्ने जनाइएको छ । पहिलो चरणको क्लिनिकल परीक्षणमा बेलायतका १ हजार ७७ जनामा उक्त खोप परीक्षण गरिएको थियो । सो खोप लगाएका व्यक्तिमा कोरोनासँग लड्ने ‘एन्टिबडी’ विकास भएको देखिएको छ । खोपको सफल परीक्षण भएसँगै वैज्ञानिकरुले सार्वजनिक प्रयोगमा ल्याउनुअघि बृहत स्तरको क्लिनिकल परीक्षण गरिने जनाएका छन् ।

कोरोनाविरुद्ध बनेको खोप परीक्षणको सकारात्मक नतिजा आएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अक्सफोर्ड विश्वविद्यालय बधाई ज्ञापन गरेको छ ।  जेनेभामा आयोजित पत्रकार सम्मेलनमा डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा। माइक रायनले कोरोनाविरुद्ध खोप बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिएका छन् । उनले भने ‘अक्सफोर्डले बनाएको कोरोनाविरुद्धको खोप सुरुवाती चरणमा प्रभावकारी छ’

कोरोनाविरुद्ध हाल विश्वभर २३ वटा खोप बनिरहेका जनाउदै डा। रायनले भने, ‘ उपचार खोज्ने क्रममा धेरैवटा खोप निर्माण भइरहनु राम्रो कुरा हो।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्