नेपाली सेनामा भर्ना खुल्यो, यी ११ पदमा दरखास्त आह्वान (सूचनासहित) – Janadesh Daily | ePaper

नेपाली सेनामा भर्ना खुल्यो, यी ११ पदमा दरखास्त आह्वान (सूचनासहित)


जनादेश, काठमाडौँ । नेपाली सेनाले विभिन्न ११ पदमा भर्ना आह्वान गरेको छ । मंगलबार एक सूचनामार्फत सेनाले लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरेको हो ।
सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्नेछन् भने त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर पनि आवेदन दिन सकिने सेनाले जनाएको छ ।

सूचना हेर्नुहोस्

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्