जनादेश सोसल मिडिया वाच ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको उक्साहटमा रहेको हुनसक्ने आशंका गरेका छन् ।
मंगलबार राती एक ट्विट गर्दै डा भट्टराईले यस्तो आशंका गरेका हुन् । ‘अपुष्ट रिपोर्ट’लाई हवाला दिएका बाबुरामले ओली अहिलेसम्म उपलब्ध सबै राजनीतिक उपलब्धि गुमाउनेतर्फ उन्मुख रहेको बताएका छन् ।
‘नेपालका हालसम्मका सबै लोकतान्त्रिक परिवर्तन खारेज गर्न केपी ओलीलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रले उक्साइरहेका छन्,’ बाबुरामको ट्विटमा लेखिएको छ, ‘संविधानमा केही कमजोरी भएपनि यदि त्यसो हो भने ज्यादै दुर्भाग्यपूर्ण हो। यसले दुर्घटना निम्त्याउँछ।’
If unconfirmed reports that international power centers are encouraging KP Oli to roll back all progressive democratic changes in Nepal,including the Constitution with some flaws, is true, it would be very unfortunate & disastrous for all. Let common sense wisdom prevail in time!
— Baburam Bhattarai (@brb1954) January 5, 2021
प्रतिनिधिसभा विघटन भएपछि जसपासहित नेकपाकै पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षसहित कांग्रेसलगायतका दलले समेत प्रधानमन्त्री ओली परिवर्तन विरोधी भएको आरोप लगाउँदै आएका छन्।
पूर्वप्रधानमन्त्री स्तरको नेताले ओली अन्तर्राष्ट्रिय शक्तिको उक्साहटमा रहेको आशंका गरेको यो पहिलो पटक हो । ओली विदेशी चलखेलको गोटी बनेको भन्ने आशंका विभिन्न दलका नेताहरुले पनि गर्दै आएका छन् ।