काठमाडौँ । निर्देशक मीन भामको ‘चिसो वर्ष’को स्क्रिप्टलाई ‘टुवेल्फ पुन्टो स्क्रिप्ट ल्याब’ले ७५ हजार युरोको पुरस्कार दिएको छ । छनोटमा परेको १२ स्क्रिप्टमध्ये तीन वटालाई पुरस्कार दिँदा मीनले पनि झण्डै १ करोड ३ लाख रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन् । शनिबार राति मात्रै मीनले पुरस्कारबारे थाहा पाएका हुन् । उनका टर्किस निर्माताहरुले यो पुरस्कार थापेका हुन् ।
![](https://assets-cdn-api.kantipurdaily.com/thumb.php?src=https://assets-cdn-usa.kantipurdaily.com/uploads/source/news/kantipur/2020/third-party/12-punto-script-lab-2072020095112.jpg&w=1000&h=0)
जुन १६ मा आयोजक संस्थाले निर्मातालाई अवार्ड कार्यक्रममा भेला हुन बोलाउँदा नै उनले भेउ पाइसकेका थिए ।