बैज्ञानिकले अन्तरिक्षमा फलाए गान्टे मुला (फाेटाेफिचर) – Janadesh Daily | ePaper

बैज्ञानिकले अन्तरिक्षमा फलाए गान्टे मुला (फाेटाेफिचर)


एजेन्सी ।

वैज्ञानिकले पहिलो पटक अन्तरिक्षमा मूला फलाएक छन् । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । सन् २०२१ सम्म पृथ्वीमा २० वटा मुला ल्याउनका लागि नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले  स्टोरेजमा राखेकी छिन् ।

नासाले ट्वीटरमा यसबारे जानकारी दिएको छ । नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखेको छ । नासाकी अन्तरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् ।

इन्टरनेशनल स्पेस स्टेशनको ट्वीटरमा दिइएको जानकारी अनुसार अध्ययनका लागि मूला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतीमा फल्ने गर्छ । नासाका अनुसार मूला फलाउन धेरै हेरविचारको पनि आवश्यकता पर्दैन ।

स्पेस स्टेशनमा फलाउनका लागि मूला नै यसकारण रोजियो किनभने वैज्ञानिकलाई विश्वास थियो कि यो २७ दिनमा तयार हुनेछ । यहाँ फलाइएको मूलामा पोषक तत्व पनि छन् र यो खान लायक छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्