पूर्वप्रधानन्यायाधीशले गति छाडेको प्रम सल्लाहकार थापाको आरोप – Janadesh Daily | ePaper

पूर्वप्रधानन्यायाधीशले गति छाडेको प्रम सल्लाहकार थापाको आरोप


जनादेश, काठमाडौँ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रिटायर्ड पूर्वप्रधानन्यायाधीशहरूले गति छाडेको आरोप लगाएका छन् । शुक्रबार चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै विज्ञप्ति जारी गरेसँगै थापाले संबैधानिक इजलाशले गरिरहेको सुनुवाईलाई प्रभावित गर्न संयुक्त वक्तव्य जारी गरेको आरोप लगाएका छन् ।

‘कमसेकम सम्मानित सर्वोच्च अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिए मात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला’, थापाले फेसबुकमा लेखेका छन् ।

थापाले स्वतन्त्र न्यायपालिकाको मर्याद र सम्मान अभिवृद्धि गर्नका निम्ति अवकाशको जीवनमा यो काम गर्नु गतल भएको उल्लेख गरेका छन् ।

उनले रिटायर्ड प्रधानन्यायाधीशहरूले संवैधानिक इजलाशले गरिरहेको सुनुवाइलाई प्रभावित गर्न जारी गरेको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णतः गलत भएको उल्लेख गरेका छन् ।

https://www.facebook.com/surya.thapa.754918/posts/3655651224527355

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्