अदालतमा विचाराधीन विषयमा कतैबाट पनि दबाब दिने काम हुन हुँदैन : कमल थापा – Janadesh Daily | ePaper

अदालतमा विचाराधीन विषयमा कतैबाट पनि दबाब दिने काम हुन हुँदैन : कमल थापा


जनादेश, काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अदालतमा विचाराधीन विषयमा कतैबाट पनि दबाब र प्रभाव पार्ने काम हुन नहुने बताएका छन् । सामाजिक संजालमा ट्वीट गर्दै थापाले संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्चको भएको उल्लेख गरेका छन् ।

‘संविधान कार्यान्वयनमा देखिएका विवादरअस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो । प्रतिनिधिसभा विघटन सम्वन्धि संवैधानिक प्रावधानमा केही अस्पष्टता छ । सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ । अदालतमा विचाराधिन विषयमा दवावरप्रभाव पार्ने काम कतैबाट हुनु हुंदैन,’ थापाले लेखेका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउँदै शुक्रबार चार पूर्वप्रधानन्यायाधीसले विज्ञप्ति जारी गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्