जनादेश सोसल मिडिया वाच ।
संसद विघटन गर्दै संविधानमाथि धावा बोलेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अन्तिम अवस्थामा पुगेपछि खेल्न सक्ने कार्डबारे पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सचेत गराएका छन् ।
प्रतिगमनका कारण पूर्णतः एक्लिएका ओलीले अब महेन्द्रीय राष्ट्रवादको कार्ड खेल्ने उनको आँकलन छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट टेलिभिजन जि नेटवर्कलाई दिएको अन्तर्वार्तालाई लिएर ओली समर्थकहरुले राष्ट्रवादको रटान लगाउन थालेपछि बाबुरामले यस्तो आँकलन गर्दै सचेत हुन आग्रह गरेका छन् ।
ट्वीटरमा बाबुरामले लेखेका छन् , ‘ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्तत: स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदिइत्यादि प्रायोजित पगरी भित्री/बाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निर्ंकुशता र अल्पविकास/परनिर्भरतामा फसाइनेछ! चेतना भया!’
ओली प्रतिगमनलाई मत्थर गर्न,विषयान्तर गर्न र अन्तत: स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की,साहसी,कसैसंग नझुक्ने आदिइत्यादि प्रायोजित पगरी भित्री/बाहिरी शक्तिहरूबाट गुथाइनेछ। नेपाली जनता र देशलाई उही निर्ंकुशता र अल्पविकास/परनिर्भरतामा फसाइनेछ! चेतना भया!
— Baburam Bhattarai (@brb1954) January 12, 2021
सोमबारमात्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला समर्थन गर्दै आएको जि न्यूज नेटवर्कले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण गरेको छ ।
कतिपयले प्रधानमन्त्रीको अन्तर्वार्तालाई हल्का अन्तर्वार्ताको सज्ञा दिएका छन् । विश्लेषक भीम भुर्तेलले फेसबुकमा लेखेका छन्, ‘ओलीले नेपालको कूटनीति र प्रधानमन्त्री कति सतही र हल्का छन् भन्ने पुष्टि गरिदिएका छन् । बोल्नेलाई भन्ने सुन्नेलाई लाज भनेको यही हो ।’