आफूलाई ‘केटो’ भन्ने ओलीलाई योगेश भट्टराईले फर्काए मुखभरीको जवाफ – Janadesh Daily | ePaper

आफूलाई ‘केटो’ भन्ने ओलीलाई योगेश भट्टराईले फर्काए मुखभरीको जवाफ


जनादेश सोसल मिडिया वाच ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दाहाल-नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालबाटै झटारो प्रहार गरेका छन् ।

आफूलाई ‘केटो’ भनेर सम्बोधन गर्ने प्रधानमन्त्री ओलीलाई नेता योगेश भट्टराईले सोही शैलीमा जवाफ दिएका हुन् ।

ओलीले शनिबार काठमाडौंमा आयोजित आफ्नो समूहको नेकपा प्रदेश १ सम्पर्क कमिटीको भेलामा नेता भट्टराईलाई ‘आफैंले नेता र मन्त्री बनाइदिएको केटाले अहिले आफैंलाई लात हानेर हिँडेको’ भन्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए ।

पूर्वएमाले खेमाका नेता भट्टराई ओली समूह छाडेर प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेकपामा लागेपछि ओली रुष्ट भएका हुन्।

प्रधानमन्त्री ओलीलाई शनिबार राति सामाजिक सञ्जालमार्फत जवाफ दिँदै पूर्वमन्त्री भट्टराईले भनेका छन्, ‘केटा र केटीहरूको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै यहाँले कुर्सी प्राप्त गर्नुभएको हो, केटो भनिपाउँदा मलाई दुःख छैन। तपाईंको स्तर थाहा पाएँ खुसी लाग्यो।’

२०७४ को चुनावका क्रममा देशमा ५० भन्दा धेरै निर्वाचन क्षेत्रमा भाषण गर्न पुगेकाप्रधानमन्त्री ओलीले ताप्लेजुङ पुगेर योगेशलाई जिताए मन्त्री बनाउने जिम्मा आफ्नो भन्दै भाषण दिएका थिए । तर योगेशले चुनाव जित्नेबित्तिकै उनले मन्त्री बनाएनन् ।

पछि हेरफेरका क्रममा मात्र उनलाई मन्त्री पद दिइएपनि ओलीले संसद विघटन गरेपछि योगेशले राजीनामा दिएका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्