जनादेश सोसल मिडिया वाच ।
लेखक एवं साहित्यकार खगेन्द्र संग्रौलाले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजन भएर चिरा चिरा भैसक्दा पनि एकताको स्वाङ् गरेको भन्दै दुवै घटकप्रति व्यङ्ग्य गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले अहिले पनि पार्टी नफुटेको दाबी गर्दै पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समेत आफ्नै पार्टीमा रहेको दाबी गरिरहनु र प्रचण्ड नेपालले पनि ओलीसँग अझै पनि स्पष्टिकरण सोध्ने स्वाङ गरिरहनु रमिता भएको उनको टिप्पणी छ ।
उनले ट्वीटरमा लेखेका छन्, ” पार्टी फुटेर नाङ्ङा आँखाले देख्ने गरी दुई चिरा भइसक्यो,ओली आफ्ना गुटकाको दुई नम्बर अध्यक्ष पुष्पकमलै छन् भनेर ढाँट्दैछन्। उता पीके-माकुने केपीमाथि अनुशासनको कार्बाइ गर्ने पत्र जारी गरेर ढाँट्दै छन् । हैट्,ढाँट्ने कपटविरूध्द ढाँट्ने कपट गरेर पीके-माकुने पनि ओलीविरुद्ध ओली पथमा!
पार्टी फुटेर नाङ्ङा अाँखाले देख्ने गरी दुई चिरा भइसक्याे,अाेली अाफ्नाे गुटकाे दुई नम्बर अध्यक्ष पुष्पकमलै छन् भनेर ढाँट्दैछन्।उता पीके-माकुने केपीमाथि अनुशासनकाे कार्बाइ गर्ने पत्र जारी गरेर ढाँट्दै छन्।हैट्,ढाँट्ने कपटविरूध्द ढाँट्ने कपट गरेर पीके-माकुने अाेलीविरूध्द अाेली पथमा!
— Khagendra Sangroula (@belakoboli) January 19, 2021
सोमबारमात्र नेकपा बहुमतले प्रधानमन्त्री केपी ओलीलाई थप कारवाहीको चेतावनी दिएको छ । यसअघि नेकपाले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । सोमबार स्पस्टिकरण सोध्दै पार्टीविरोधी गतिविधि जारी राखेकाले साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने चेतावनी दिइएको हो ।
अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालद्वारा हस्ताक्षरित पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए थप कारवाही गर्ने जनाइएको छ । पत्रमा ओलीले संविधानको ठाडो उल्लंघन गरी प्रतिनिधिसभा विघटन गर्नुका साथै पार्टी अनुशासन नाघेकाले थप कारवाही गर्ने जनाइएको छ ।
माघ २ गतेको स्थायी कमिटी बैठकले ‘साधारण सदस्यबाट समेत किन नहटाउने ?’ भनी गरेको निर्णय स्मरण गराउँदै अध्यक्षबाट हटाइसकेपछि पनि पार्टी निर्णय नाघेर अध्यक्षकै हैसियतमा प्रस्तुत भएको र पार्टी विरोधी गतिविधि जारी राखेकाले स्पस्टिकरण सोधिएको पत्रमा उल्लेख छ ।
पार्टी एक रहेको देखाउन खोज्ने दुवै पक्षका तिकडमप्रति खगेन्द्रले व्यङ्ग्य कसेका हुन् ।