मेलमिलापको नीति काँग्रेसले बिर्सन थाल्यो ः नेता भण्डारी – Janadesh Daily | ePaper

मेलमिलापको नीति काँग्रेसले बिर्सन थाल्यो ः नेता भण्डारी


दमौली,  (रासस) ः

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले राष्ट्रिय मेलमिलापको नीति काँग्रेसकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको बताउनुभएको छ ।

अठतीसौँ बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस व्यास नगर समितिले व्यास नगरपालिका–५ पाटनमा आज आयोजना गरेको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले वर्षको एकदिन मात्रै कार्यक्रम गरेर बिपीको सम्मान नहुने बताउनुभयो ।

नेता भण्डारीले भन्नुभयो, “बिपी कोइरालालाई जति मुखले सम्मान गर्छौं, व्यवहारमा त्यो देखिएको छैन, राष्ट्रिय मेलमिलापको नीति पार्टीकै नेता तथा कार्यकर्ताले बिर्सन थालेको आभाष भइरहेको छ ।”

बिपीले सधँै आफूभन्दा माथि देश र जनतालाई राखेको स्मरण गराउँदै नेता भण्डारीले बिपीलाई सम्झनेले त्यो कुरालाई सधैँ अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेताहरुको कोठे बैठकले पार्टीलाई नोक्सानी पु¥याउने भन्दै भण्डारीले पार्टीभित्रको साथीहरुलाई चुनौतीको रुपमा देखेर काँग्रेस बलियो नहुने तर्क गर्नुभयो ।

“आफ्नै साथीहरुलाई सिध्याएर पार्टी बलियो हुँदैन, पार्टीलाई बलियो बनाउन सबैसँग सम्बन्ध सुमधुर बनाउनुपर्छ”, नेता भण्डारीले भन्नुभयो । काँग्रेस जिल्ला सभापति एवं व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रजातान्त्रिक आन्दोलनमा बिपीले पु¥याएको योगदान सधँै अविष्मरणीय रहने बताउनुभयो ।

“बिपीको लोकतन्त्रप्रतिको निष्ठा सधँै अविचलित रहिरहन्छ, बिपीप्रतिको निष्ठा जोगाउन काँग्रेसका कार्यकर्ता लाग्नुपर्छ”, उहाँले भन्नुभयो । बिपी स्मृतिको दिवसमा नेपाली काँग्रेसले आज दशवटै स्थानीय तहमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको नगरसभापति शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।

सो क्रममा आँप, बेल, अशोक, कपुरलगायतका २२५ बिरुवा रोपिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्