जनादेश वाच ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको लडाइँमा नेपाली जनतालाई सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहेको बताएका छन् ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप उपलव्ध गराएकोमा भारत सरकारलाई धन्यवाद दिए लगत्तै मोदीको यस्तो सन्देश आएको हो ।
भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएलगत्तै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, त्यहाँको सरकार र भारतीय जनतालाई ट्वीटरमार्फत धन्यवाद दिएका थिए ।
प्रधानमन्त्री ओलीले धन्यवाद दिएलगत्तै ट्वीटरमार्फत प्रधानमन्त्री मोदीले नेपाली जनतालाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
Thank you PM @kpsharmaoli. India remains committed to assist the people of Nepal in fighting the Covid-19 pandemic. The vaccines being made in India will also contribute to the global efforts to contain the pandemic. https://t.co/d6LpcbvKHg
— Narendra Modi (@narendramodi) January 21, 2021
भारतमा बनाइएका खोपहरूले महामारी नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा पनि योगदान पुर्याउने स्पष्ट पारेका छन् । भारतले बिहीबार नेपाललाई १० लाख डोज कोरोना खोप उपलव्ध गराएको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल–भारत कोराना सहकार्य जारी रहने बताएका छन् । उनले आगामी दिनमा नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुदै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप दिइने सरकारको तयारी छ ।