वन पुनःस्थापनाको अभियान, सांसददेखी किसानसम्म रुख रोप्दै – Janadesh Daily | ePaper

वन पुनःस्थापनाको अभियान, सांसददेखी किसानसम्म रुख रोप्दै


चन्द्रप्रकाश नेपाली

घोराही । डिभिजन वन कार्यालय दाङले वन पुनःस्थापना अभियान थालेको छ । विभिन्न कारणले वन विनास भई खाली भएका वन क्षेत्रहरुमा बृहत्तर बृक्षारोपण अभियान थालेर वन पुनःस्थापना अभियान थालेको हो ।
डिभिजन प्रमुख दीपक ज्ञवालीका अनुसार सोही अभियान अन्तरगत यसबर्ष एक सय ६० हेक्टर क्षेत्रफलमा वन पुनःस्थापना अन्तरगत बृक्षारोपण थालिएको छ । यसैक्रममा आज घोराही उपमहानगरपालिका वडा नम्बर २ को गौरी सामुदायिक वनको करिब ५० बिगाह क्षेत्रफलमा २८ हजार बिरुवा रोपिएको छ ।
प्रतिनिधीसभा सदस्य सुजिता साक्य, प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, डिभिजन वन कार्यालयका प्रमुख दीपक ज्ञवाली, महिला नेतृ मेनका पोख्रेल सहित वन समूहका ६ सय उपभोक्ता र नेपाली सेनाको टोलीले बृक्षारोपण गरेका हुन् ।
वन विनास भएर खण्डहर बनेको उक्त क्षेत्रलाई पुनः वनमा फर्काउने उदेश्यले खयर, चिउरी, मौवा सहित विभिन्न प्रजातीका विरुवाहरु रोपिएको छ ।
वन समूहका उपभोक्ताहरु घरबाटै मल बोकेर बिरुवा रोप्न आएका थिए । अब वन संरक्षण गर्ने स्थानियहरुको जिम्मा भएको भन्दै डिभिजन प्रमुख ज्ञवालीले सम्पत्तीकोरुमा ग्रहण गर्न आग्रह गर्नुभयो ।
वनलाई अब आम्दानी सँग जोड्ने गरी स्थानियहरुलाई संरक्षणमा लाग्न सुझाब समेत दिनुभएको छ । वन समूहका अध्यक्ष सुन्दर चौधरीले भविष्य सँग जोडेर अब उपभोक्ताहरुले वनको संरक्षण गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्