जनादेश सोसल मिडिया वाच ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटन गर्दै देशलाई संबैधानिक संकटमा पुर्याएपछि देशको राजनीति अब कता जाने भन्ने अनिश्चित बनेको छ ।
धेरैले ओलीको कदमलाई प्रतिगमन भन्दै उनले देशलाई अध्याँरो सुरुङमा पुर्याएको टिप्पणी गरिरहेका छन् । नेकपाभित्रै प्रधानमन्त्री छोड्न दबाब बढेपछि ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए ।
यो कदमपछि नेपालमा दुई वटा सम्भावना रहेको बताउँदै पूर्वप्रधानमन्त्री एवं संघीय समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संसद पुनर्स्थापना र कोर्स करेक्सनको बाटो तय गर्न सबैलाई अपील गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमाा बाबुरामले लेखेका छन्, “देश अग्रगमन र पश्चगमनको भयंकर दोसाँधमा छ । कुन बाटो जाने सबैले छातीमा हात राखेर सोचौं । १. अग्रगमन: संसद पुनर्स्थापना+सहमतीय सरकार+सहमतिमा संविधान संशोधन+निर्वाचन+सुशासन+समृद्धि ।२.पश्चगमन: संसद विघटन+No Election+संकटकाल+संविधान खारेज+आन्दोलन/विद्रोह+बाह्य हस्तक्षेप+अन्त्यहीन द्वन्द!”
देश अग्रगमन र पश्चगमनको भयंकर दोसाॅधमा छ;कुन बाटो जाने सबैले छातीमा हात राखेर सोचौं:-१.अग्रगमन: संसद पुनर्स्थापना+सहमतीय सरकार+सहमतिमा संविधान संशोधन+निर्वाचन+सुशासन+समृद्धि।२.पश्चगमन: संसद विघटन+No Election+संकटकाल+संविधान खारेज+आन्दोलन/विद्रोह+बाह्य हस्तक्षेप+अन्त्यहीन द्वन्द!
— Baburam Bhattarai (@brb1954) January 27, 2021
ओलीको कदम संविधान विपरीत भएको भन्दै बाबुरामकै संघीय समाजवादी पार्टी र नेकपासहितका राजनीतिक दलले विरोध गरिरहेका छन्। संसद पुनर्स्थापनाको मागमा अडिग नदेखिएको कांग्रेसलाई बाबुरामले निरन्तर सचेत हुन आग्रह गरिरहेका छन् ।
यो पनि हेर्नुस्- भेटिएकै हो त प्रचण्ड र बाबुराम फेरि एक ठाउँ हुने सुत्र ? अहिलेसम्मका घटनाक्रमले त्यसै भन्छ
इन्टरनेशनल क्राइसिस् ग्रुपको चेतावनी- ओलीका कारण नेपालमा ठूलै उथल पुथल हुनसक्छ