जनादेश, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध बिराटनगरमा नेकपा- ‘प्रचण्ड-नेपाल समूह’ले विरोध सभा आयोजना गरेको छ । सभामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनथ खनाललगाएतको सहभागीता रहेको छ ।
प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-नेपाल समूहले एक पछि अर्को देशव्यापी प्रदर्शनका कार्यक्रमहरु ल्याएको छ । यसै क्रममा आज विराटनगरमा भएको विरोध सभामा समेत सर्वसाधारण लगाएत पार्टी कार्यकर्ताको बाक्लो यस्थिति रहेको छ ।
ओलीको कदम असंवैधानिक भएको बताउँदै प्रचण्ड-नेपाल समूहलगाएत प्रतिपक्षले समेत यसको चर्को विरोध गरिरहेका छन् ।